सर्वोत्तम सिमेन्टको सेयरमा लगातार छैटौं सर्किट, प्रति कित्ता मूल्य ९८४.६० रुपैयाँ

बिजमाण्डू
२०८० चैत्र १४ गते ११:२८ | Mar 27, 2024
सर्वोत्तम सिमेन्टको सेयरमा लगातार छैटौं सर्किट, प्रति कित्ता मूल्य ९८४.६० रुपैयाँ

काठमाडौं। सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लगातार छैटौं दिन पोजेटिभ सर्किट लागेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको सेयर मूल्य बुधबार कारोबार खुलेको केही मिनेटमै १० प्रतिशतले बढेको छ। सेयर मूल्य प्रति कित्ता ८९.५० रुपैयाँ बढेर ९८४.६० रुपैयाँ पुगेको छ।

यो समाचार तयार पार्दासम्म सबैभन्दा धेरै सेयर कारोबार हुने कम्पनीको सूचीमा सर्वोत्तम सिमेन्ट छ। बजार खुलेको आधा घण्टामा यो कम्पनीको १ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

कम्पनीको सेयर दोस्रो बजारमा चैत ६ गतेदेखि कारोबारमा आएको हो। पहिलो कारोबार ५५६ रुपैयाँमा भएकामा पहिलो दिन नै सर्किट लागेर मूल्य ६११.६० रुपैयाँ पुगेको थियो। त्यसयता सबै कारोबार दिनमा सर्वोत्तम सिमेन्टको सेयर मूल्य पोजेटिभ सर्किट लागेर बढिरहेको छ।

सर्वोत्तम सिमेन्ट नेपालमा पहिलोपटक बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्ने कम्पनी हो।

कम्पनीले प्रति कित्ता ३६०.९० का दरले आइपीओ बिक्री गरेको थियो।