सुनचाँदी बजारः सुनको मूल्यमा फेरि बढोत्तरी, तोलाको १ लाख २७ हजार नजिक  

बिजमाण्डू
२०८० चैत्र १४ गते ११:०८ | Mar 27, 2024
सुनचाँदी बजारः सुनको मूल्यमा फेरि बढोत्तरी, तोलाको १ लाख २७ हजार नजिक  

काठमाडौं। लगातार उच्च भएको सुनको मूल्यमा मंगलबार सामान्य गिरावट भए पनि बुधबार पुनः बढेको छ। अघिल्लो दिनका तुलनामा ४ सय बढ्दा सुन तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्यमा भने सामान्य गिरावट छ।

Tata
GBIME
Nepal Life

गत आइतबारका तुलनामा २ सयको बढोत्तरीसँगै सोमबार सुन तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ पुगेको थियो। मंगलबार ३ सय रुपैयाँ घटेर कारोबार मूल्य निर्धारण भएको थियो।  

चैत १ मा तोलाको १ लाख २५ हजार ८ सय रुपैयाँ थियो भने गत बिहीबार १ लाख २७ हजार ८ सयसम्म पुगेको थियो।

बुधबार चाँदी भने तोलामा १५ रुपैयाँ घटेर कारोबार मूल्य १४ सय ९० रुपैयाँ कायम भएको छ। मंगलबार तोलाको १५ सय ५ र त्यसअघि सोमबार १५ सय १५ रुपैयाँ थियो। यसअघि गत बिहीबार १५ सय ५५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस २१७६.४९ डलरले कारोबार भइरहेको छ। मंगलबार २१७२.०८ डलर र सोमबार प्रति औंस २१६९.५५ डलर थियो। चाँदी प्रति औंस २४.४३ डलर छ। मंगलबार २४.६४ र सोमबार २४.६५ डलरले कारोबार भएको थियो।