अन्तर निकाय समन्वय कार्यविधि तय गर्न महानगरले बनायो पाँच सदस्यीय समिति

बिजमाण्डू
२०८० चैत्र १४ गते ००:०५ | Mar 27, 2024
अन्तर निकाय समन्वय कार्यविधि तय गर्न महानगरले बनायो पाँच सदस्यीय समिति

काठमाडौं। काठमाडौंको पूर्वाधार विकासमा समन्वय गर्न अन्तर निकाय समन्वय कार्यविधि तर्जुमा हुने भएको छ।

Tata
GBIME
Nepal Life

महानगर उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा मंगलबार बसेको पूर्वाधार समन्वय बैठकले कार्यविधिको मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन गरेको छ।

समितिमा महानगरपालिका, सडक विभाग, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका प्रतिनिधि रहनेछन्।

समितिले तयार पारेको मस्यौदाका विषयमा साझेदार सबैका बिचमा छलफल गराइने छ।