मुस्ताङ चोकको सटर भाडामा दिन क्यानले माग्यो दरखास्त, एक वर्षको भाडा ४० लाख रुपैयाँ

बिजमाण्डू
२०८० चैत्र १३ गते १७:१७ | Mar 26, 2024
मुस्ताङ चोकको सटर भाडामा दिन क्यानले माग्यो दरखास्त, एक वर्षको भाडा ४० लाख रुपैयाँ

काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको पोखराको मुस्ताङचोक स्थित सटर भाडामा दिनका लागि दरखास्त आह्वान गरेको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले पोखरास्थित पुरानो विमानस्थलमा १८.२९ वर्गमिटर क्षेत्रफलमा रहेको १० वटा सटर, त्यससँगै जोडिएको ७२.५ वर्गमिटरको कोठा र ११५.२ वर्गमिटरको जग्गा भाडामा दिनका लागि दरखास्त आह्वान गरेको प्रवक्ता जगन्नाथ निरौलाले बताए।

यस अघि तीन वर्षका लागि ठेक्का दिइएको थियो। त्यसको समयावधि सकिए लगत्तै प्राधिकरणले नयाँ दर्खास्त आह्वान गरेको हो।

‘हामीले यस अघि दिएको लिज अवधि समाप्त भएसँगै नयाँ दर्खास्त आह्वान गरेका हौं। ठेक्का लिने कम्पनीले यी सटर र जग्गा लिजमा लिए वापत वार्षिक करिब ४० लाख भाडा बुझाउनुपर्ने प्रावधान राखिएको छ,’ उनले भने।

इच्छुक आवेदकले एक साताभित्रैआवेदन दिन सक्ने उनले जानकारी दिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै यतिखेर पुरानो विमानस्थलमार्फत हेलिकोप्टर, दुर्गम उडान, अल्ट्रा लाइट सेवा संचालन हुँदै आएको छ।