वित्तीय साक्षरता बढाउन नबिल बैंकको देशव्यापी कार्यक्रम, १९०० भन्दा बढी विद्यार्थी लाभान्वित

बिजमाण्डू
२०८० चैत्र १३ गते १६:५५ | Mar 26, 2024
वित्तीय साक्षरता बढाउन नबिल बैंकको देशव्यापी कार्यक्रम, १९०० भन्दा बढी विद्यार्थी लाभान्वित
नबिल बैंकले गरेको वित्तीय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थी

काठमाडौं। नबिल बैंकले वित्तीय साक्षरता बढाउन देशव्यापी कार्यक्रम गरेको छ। बैंकले ग्लोबल मनी विकको अवसर पारेर सातै प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम गरेको हो।

Tata
GBIME
Nepal Life

ती कार्यक्रमबाट १९ सयभन्दा बढी विद्यार्थी लाभान्वित भएको बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ। बैंकका अनुसार कार्यक्रममा बचत, बजेटिङ, लगानी, साइबर सुरक्षा लगायत विषयमा जानकारी गराइएको थियो।

बैंकले पोखरामा भने वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता गरेको थियो। कक्षा ८ देखि स्नातक अध्ययनरत विद्यार्थीबीच २ तहमा प्रतिस्पर्धा गराइएको बैंकले जनाएको छ।