नेप्सेमा सुधार, १०.१४ अंकले बढ्यो सेयर बजार, २ अर्ब ३५ करोडको कारोबार

बिजमाण्डू
२०८० चैत्र १३ गते १५:२५ | Mar 26, 2024
नेप्सेमा सुधार, १०.१४ अंकले बढ्यो सेयर बजार, २ अर्ब ३५ करोडको कारोबार

काठमाडौं। गत सातादेखि निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबार सुधार देखिएको छ। नेप्से परिसूचक १०.१४ अंक बढेर २०४१.७० को विन्दुमा पुगेको छ।

Tata
GBIME
Nepal Life

१३ मध्ये फाइनान्स, लाइफ इन्स्योरेन्स र ट्रेडिङ बाहेकका उपसमूहको सेयर मूल्य बढ्दा बजार दोहोरो अंकले उकालो लागेको हो।

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सेयर मूल्य २.११ प्रतिशतले बढेको छ। कारोबारमा आएका ३१० कम्पनी मध्ये १६८ को सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ।

आज दोल्ती पावर कम्पनी र सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।  

धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयर मूल्य प्रति कित्ता १४४.४० रुपैयाँले घटेको छ।

६८ लाख ४२ हजार  कित्ता सेयर २ अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको ९ करोड ३१ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ।