‘ग्लोबल मनी विक’मा प्रभु बैंकका १३० बढी शाखाले सञ्चालन गरे वित्तीय सारक्षरता कार्यक्रम

बिजमाण्डू
२०८० चैत्र १३ गते १३:४६ | Mar 26, 2024
‘ग्लोबल मनी विक’मा प्रभु बैंकका १३० बढी शाखाले सञ्चालन गरे वित्तीय सारक्षरता कार्यक्रम

काठमाडौं । प्रभु बैंकले ‘ग्लोबल मनी विक –२०२४’ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। सातै प्रदेशमा १३० भन्दा बढी शाखाले विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।

Tata
GBIME
Nepal Life

चैत्र ५ गते देखि सुरु भएको कार्यक्रमको समापन चैत्र ११ गते भएको थियो। साताव्यापी अभियानका क्रममा बैंकले वित्तीय साक्षरता कार्यक्रमसँगै साईकल र्‍याली, बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रम तथा प्रभातफेरी गरेको थियो।

यो अवधिमा ‘प्रोटेक्ट एयर मनी,  सेक्युएर एयर फ्चुचर’ नारासहित विभिन्न समुदाय शैक्षिक संस्थामा आधुनिक बैंकिङ प्रणालीबारे सचेतना अभियान चलाएको थियो। त्यसक्रममा बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरुबारे बताइएको थियो।

नेपालभर प्रभुको ३०२ शाखा कार्यालयहरु छन्।