अटो बजारमा बीवाइडीको २१ वर्ष, नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने ७० लाख गाडी उत्पादन

बिजमाण्डू
२०८० चैत्र १३ गते १३:२९ | Mar 26, 2024
अटो बजारमा बीवाइडीको २१ वर्ष, नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने ७० लाख गाडी उत्पादन

काठमाडौं । चिनियाँ गाडी निर्मता कम्पनी बीवाइडीले २१ वर्षमा ७० लाख युनिट नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने गाडी उत्पादन गरेको छ।

Tata
GBIME
Nepal Life

हालै कम्पनीको चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित नयाँ डेन्जा एन-७ मोडललाई लन्च गरिएको छ।

बीवाइडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो। यसले आफ्नो पहिलो ‘न्यूइनर्जी भेहिकल’ सन् २००८ मा बिक्री गरेको थियो। अहिले कम्पनीले दर्जनौं मोडल इभी गाडी बिक्री गर्दै आएको छ।

बीवाइडीले सन् २०२१ मा १० लाख सवारी साधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै उत्पादन तीनगुणाले बढाएको थियो। त्यसपछिको ९ महिनामा ५० लाख युनिट गाडीको उत्पादन बढाउन कम्पनी सफल भएको थियो।

सन् २०२१ को मे महिनामा १० लाख, २०२३ को अगस्टमा ५० लाख र अहिले ७० लाख सवारी साधन बीवाइडीले उत्पादन गरेको जनाएको छ।

कम्पनीको पछिल्लो समय सबैभन्दा परिचित मोडल एटो ३ एसयुभी र डल्फिन हुन्। यस्तै सिगल ह्याचब्याक पनि अर्को धेरै बिक्री हुने मोडल हो।