निसानको सेकेन्ड जेनेरेसन नयाँ किक्स सार्वजनिक, १२.३ इन्च इन्फोटेनमेन्ट र एडास फिचर थप

बिजमाण्डू
२०८० चैत्र १२ गते १५:५९ | Mar 25, 2024
निसानको सेकेन्ड जेनेरेसन नयाँ किक्स सार्वजनिक, १२.३ इन्च इन्फोटेनमेन्ट र एडास फिचर थप

काठमाडौं। निसानको सेकेन्ड जेनेरेसन नयाँ किक्स सार्वजनिक भएको छ। कम्पनीले जारी न्युयोर्क मोटर शोमा नयाँ गाडी सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

गाडी मित्सुबिसीको इन्डोनेसियमा बिक्री गरिएको एक्सफोर्स एसयुभी जस्तै छ। निसानको ग्लोबल एसयुभीका रुपमा निर्माण गरिएको गाडीमा १२.३ इन्च इन्फोटेनमेन्ट र एडास फिचर थपिएको छ।

यो गाडी लेफ्ट र राइट ह्यान्ड ड्राइभका लागि उपलब्ध छ। यसमा डोर, ह्वील आर्क र रुफ मित्सुबिसीको एक्सफोर्समा जस्तै बनाइएको छ। १९ इन्चको एलोय ह्वील्स रहेको गाडीमा २.० लिटर ४ सिलिन्डर भएको इन्जिन छ। उक्त इन्जिनको पिक पावर १४१ हर्सपावर छ।

सेकेन्ड जेनेरेसन किक्स सबै मार्केटका लागि सिंगल प्लेटफर्ममा निर्माण गरिएको छ।