पोखरा अल्ट्रालाइटको फागु पुर्णिमा लक्षित योजना, पर्यटकलाई १५ प्रतिशतसम्म छुट

बिजमाण्डू
२०८० चैत्र ९ गते ११:४७ | Mar 22, 2024
पोखरा अल्ट्रालाइटको फागु पुर्णिमा लक्षित योजना, पर्यटकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं। पोखरास्थित पोखरा अल्ट्रालाइटले फागु पुर्णिमा लक्षित योजना सार्वजनिक गरेको छ। कम्पनीले आउँदो आइतबार अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै आएको शुल्कमा क्रमशः १०, १३ र १५ प्रतिशत छुट योजना सार्वजनिक गरेको छ।

अल्ट्रालाइटअन्तर्गत सामान्यतया नेपाली पर्यटकका लागि १५, ३०, ६० र ९० मिनेटको प्याकेज दर क्रमश १७ हजार ६०० रुपैयाँ, २५ हजार ६०० रुपैयाँ, ३८ हजार ४०० रुपैयाँ र ५३ हजार १२० रुपैयाँ निर्धारण हुँदै आएको छ।

साहसिक पर्यटकीय गतिविधिअन्तर्गत रहेको पोखरा अल्ट्रालाइटमार्फत यात्रुले पोखरा सहर, माछापुच्छ्रे, कपुचे ताल, अन्‍नपूर्ण हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सक्छन्। पोखरा विमानस्थलबाट उडान र अवतरण हुने उडानमा पाइलट र यात्रु गरी २ जनाको मात्र सहभागिता हुन्छ। १०० किलोग्राम सम्‍म वजन भएका यात्रुले यो सेवा लिन सक्ने प्रावधान रहेको छ।

पोखरामा सन् १९९७ बाट अल्ट्रालाइट उडान सेवा सुरु भएको हो। आन्तरिक र वाह्य पर्यटकको विशेष रोजाइमा परेको यो सेवा दक्षिण एसियामै पहिलोपटक नेपालमा सुरु भएको हो।