एयरपोर्ट होटलमा फागु लक्षित विशेष परिकार, मास्टर सेफ गोविन्द नरसिंहको रेसिपीमा खाना

बिजमाण्डू
२०८० चैत्र ८ गते १५:३९ | Mar 21, 2024
एयरपोर्ट होटलमा फागु लक्षित विशेष परिकार, मास्टर सेफ गोविन्द नरसिंहको रेसिपीमा खाना

काठमाडौं। सिनामंगलस्थित एयरपोर्ट होटलले आफ्ना पाहुनाका लागि फागु पूर्णिमा लक्षित गरेर विशेष परिकार पस्किने भएको छ। मुलुकको संस्कृति र रैथाने परिकार प्रवर्धन गर्ने उद्देश्यले मास्टर सेफ गोविन्द नरसिंह केसीमार्फत २९ वटा रेसिपी पस्किन लागेको संचालक विनायक शाहले बताए।        

Tata
GBIME
Nepal Life

‘विभिन्न चाड पर्वमा आन्तरिक तथा वाह्य पर्यटक लक्षित विशेष परिकार सेवा दिँदै आएका छौं। यो पटक हामीले ४ दशकको अनुभव बटुलिसक्नु भएको मास्टर सेफ केसीको रेसिपी पस्कन लागेका हौं। यसमार्फत पाहुनाले नेपालीको घरमै पाक्दै आएका आधिकारीक रैथाने परिकारको स्वाद लिन सक्नुहुनेछ,’ उनले भने।

एयरपोर्ट होटलका संचालक एवं होटल संघ नेपालका अध्यक्ष विनायक शाह

मास्टर सेफ गोविन्द नरसिंह केसीले उक्त कार्यक्रमले मुलुकको संस्कृति र रैथाने परिकारको प्रवर्धनसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रचारप्रसारमा टेवा पुग्ने बताए।

‘होटलमा विभिन्न क्षेत्रबाट आउनुभएका पाहुनाले यहाँको चाड पर्व सँगै यो समयमा प्रयोग हुने परिकारको आधिकारिक स्वाद लिन सक्नुहुनेछ। जसमार्फत  मुलुकको संस्कृतिसँगै ग्यास्ट्रोनोमी क्षेत्रको पनि प्रवर्धन हुने देखिएको छ,’ उनले भने।  

उनका अनुसार पाहुनाले स्न्याक्स, सलाद, सुप, मुख्य खाना, मुखमिठा, पर्य पदार्थको अन्तर्गत विभिन्न २९ परिकारको स्वाद लिन सक्नेछन्।

परिकारहरुमा माछा तारेको, चार साँधेको, पनिर, कुरकुरे, आलु पुदिना, स्लिम र ट्रिम बन्दा गोबी साँधेको, बगैंचा सलाद, रिजी रिजी सलाद, खसीको सुरुवाको झोल, कोदोको रोटी, फापरको लट्ठी, मटन विरीयानी, नरम चराको रस, माछा तारेको, सनग झानेको, ताजा तामाको तरकारी, गोबीको मटर मसाला, जिम्मु झानेको, कालो दाल, सादा भुजा, फुल्का रोटी, सेतो पेडा ,मुग दालको हलुवा, झानेको मोही लगायत राखिएको छ।

शुक्रबारबाट पस्किइने सो परिकारको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ। आन्तरिक र बाह्य दुवै पाहुनाका लागि एउटै मूल्य निर्धारण गरिएको जनाइएको छ।