ब्याज घटाउने प्रतिस्पर्धा रोकिएन, गलत हल्लाको सिकारले निक्षेप गुमाएको एनआइसी एसियाले भने बढायो

बिजमाण्डू
२०८० फागुन ३० गते ०९:०८ | Mar 13, 2024
ब्याज घटाउने प्रतिस्पर्धा रोकिएन, गलत हल्लाको सिकारले निक्षेप गुमाएको एनआइसी एसियाले भने बढायो

काठमाडौं। नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (एसडीएफ) सुरु गरेपछि बचतको ब्याज दर न्यूनतम ३ प्रतिशत कायम भएको छ। चैत १ गतेका लागि सार्वजनिक गरिएको नयाँ ब्याजअनुसार, एसडीएफभन्दा तल कुनै पनि बैंकले ब्याज झारेका छैनन्।

Tata
GBIME
Nepal Life

अहिले एसडीएफको दर ३ प्रतिशत छ। फागुन १ गतेदेखि पहिलो पटक एसडीएफ लागू भएको हो। एसडीएफपछि बैंकहरुले पहिलो पटक ब्याज सार्वजनिक गरेका हुन्। एसडीएफभन्दा तल ब्याज जानेले यो सुविधा पाउँदैनन्।

राष्ट्र बैंकको अर्को व्यवस्थालाई पनि बैंकहरुले रणनीतिक रुपमा प्रयोग गरेका छन्। उच्च दरले ब्याज नघटोस् भनेर राष्ट्र बैंकले संस्थागत मुद्दतीको ब्याज अन्तर साधारणभन्दा एक प्रतिशत बिन्दुभन्दा कम हुन नहुने व्यवस्था गरेको छ। पहिले सीमा २ प्रतिशत विन्दु थियो।

तर अधिक तरलताले लागत बढेका बेला बैंकहरुले बीचको बाटो रोज्दै संस्थागत मुद्दतीकर्ताको ब्याजलाई समायोजन गरेका छन्।

सञ्चालनमा रहेका २० वटा बैंकमध्ये १७ वटाले साधारण मुद्दतीको ब्याज घटाएका छन्। उनीहरुले त्यही अनुपातमा संस्थागत मुद्दतीको ब्याज घटाएर एक प्रतिशतको अन्तर कायम गरेका छन्। प्रभु र ग्लोबल आइएमइ बैंकले साधारणको यथावत राखेर संस्थागतक बढाएका छन्।

एनआइसी एसियाले भने घटाएको छ। साउनयता पहिलो पटक ब्याज बढेको हो। त्यो पनि एउटा मात्र बैंकले बढाएको हो। साउनयता सबै बैंकले ब्याज घटाइरहेका थिए।

एनआइसी अघिल्लो महिना गलत हल्लाको सिकार भएको थियो। जसले गर्दा बैंकबाट अर्बौं रुपैयाँ निक्षेप बाहिरिएको थियो। त्यो निक्षेप पूर्ति गर्न एनआइसीले ब्याज बढाएको हो।

एनआइसी एसिया डुब्दैछ पैसा झिक्नु भन्ने हल्ला विवादास्पद व्यवसायी दुर्गा प्रसाइँले फैलाएका थिए। त्यो हल्लापछि बैंकबाट निक्षेप झिक्न थालिएको थियो।

एनआइसीले फागुनमा ८ प्रतिशत रहेको साधारण मुद्दतीको ब्याज चैत १ गतेबाट लागू हुने गरी ८.५४ प्रतिशत पुर्‍याएको छ। संस्थागत मुद्दती निक्षेपकर्ताको ब्याज ६ प्रतिशतबाट ७.५४ प्रतिशत पुगेको छ।

बैंकचैतको ब्याज दर (% मा)फागुनको ब्याज दर (% मा)माघको ब्याज दर (% मा)
प्राइम कमर्सियल7.257.48.1
माछापुच्छ्रे7.7588
नेपाल एसबिआइ7.018.18.25
कुमारी7.518.018.11
कृषि विकास बैंक5.666.447.01
प्रभु7.57.58.065
सानिमा7.257.518.15
एनएमबि78.59
लक्ष्मी सनराइज7.588
एनआइसी एसिया8.5488.065
राष्ट्रिय वाणिज्य बैंक77.358.07
नबिल बैंक7.257.758.1
ग्लोबल आइएमई7.67.68.1
स्ट्यान्डर्ड चार्टर्ड77.358.07
नेपाल बैंक77.258
एभरेष्ट6.588
नेपाल इन्भेष्टमेन्ट788.6
सिटिजन्स्7.758.259.15
सिद्धार्थ7.588.1
हिमालयन7.58.158.15