बीमकको सूचना पारदर्शी बनाउन प्राधिकरणले लागू गर्‍यो आईआरएमआईएस मार्गदर्शन

बिजमाण्डू
२०८० माघ १० गते १३:१२ | Jan 24, 2024
बीमकको सूचना पारदर्शी बनाउन प्राधिकरणले लागू गर्‍यो आईआरएमआईएस मार्गदर्शन

काठमाडौं। नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स रेगुलेटरी म्यानेजम्यान्ट इन्फरमेसन सिष्टम (आईआरएमआईएस) सम्बन्धी मार्गदर्शन लागू गरेको छ ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले नियामक तथा बीमकको तथ्यांक व्यवस्थापन एवं काम प्रभावकारी र पारदर्शी बनाउन मार्गदर्शन लागू गरेको हो।

अब बीमक वा अन्य सम्बन्धित निकायसँग सूचना तथा तथ्यांक आदानप्रदान गर्न आईआरएमआईएस पोर्टल प्रयोग गर्नुपर्नेछ।

जीवन, निर्जीवन र पुर्नबीमा कम्पनीहरुले यो मार्गदर्शन अनुसार प्राधिकरणले माग गरेको सूचना तोकिएको समयभित्रै उपलब्ध गराउनु पर्नेछ।

प्राधिकरणले बीमकलाई लगइन आइडी उपलब्ध गराउने र सोही प्रणालीमा कम्पनीले आफ्नो तथ्यांक प्रविष्ट गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।