सिंगटी हाइड्रोले हकप्रद सेयर ल्याउने प्रस्तावसहित बोलायो साधारण सभा, तोक्यो बुक क्लोज

बिजमाण्डू
२०८० माघ १० गते १०:२० | Jan 24, 2024
सिंगटी हाइड्रोले हकप्रद सेयर ल्याउने प्रस्तावसहित बोलायो साधारण सभा, तोक्यो बुक क्लोज

काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी संचालक समितिको मंगलबार भएको बैठकले फागुन १ गतेका लागि सभा आह्वान गरेको हो।

Tata
GBIME
Nepal Life

सभा काठमाडौंको धुम्बाराहीस्थित धुम्रबराह भेन्युबाट संचालन गरिने भएको छ। कम्पनीले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावसहित साधारण सभा आह्वान गरेको हो।

हकप्रद सेयर जारीका लागि कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन/ थपघट तथा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने लगायत प्रस्तावहरु साधारण सभाबाट पारित गरिने भएको छ।

यसका साथै अन्य विभिन्न नियमित प्रस्तावहरु साधारण सभाबाट पारित गरिँदै छ। साधारण सभाका लागि कम्पनीले माघ १८ गते बुक क्लोज मिति तोकेको छ। साधारण सभामा उपस्थित हुन बुक क्लोज भन्दा अघि नै सेयरधनी बनिसक्नु पर्छ।