युनाइटेड अजोड इन्स्योरेन्सले १०.८०% लाभांश दिने, १०.२६% बोनस सेयर दिँदै

बिजमाण्डू
२०८० माघ ७ गते ११:३१ | Jan 21, 2024
युनाइटेड अजोड इन्स्योरेन्सले १०.८०% लाभांश दिने, १०.२६% बोनस सेयर दिँदै

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। माघ ४ गते बसेको कम्पनीको बोर्डको बैठकले लाभांश दिने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई कुल १०.८० प्रतिशत लाभांश दिने भएको छ। सो लाभांशमध्ये कम्पनीले १०.२६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.५४ प्रतिशत नगद लाभांश दिने भएको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्ताहरुलाई वितरण गरिने छ।