हिमालयन रि इन्स्योरेन्सलाई भारतमा पुनर्बीमा व्यवसाय गर्न आइआरडीएआइले दियो स्वीकृति

बिजमाण्डू
२०८० माघ ५ गते १५:४१ | Jan 19, 2024
हिमालयन रि इन्स्योरेन्सलाई भारतमा पुनर्बीमा व्यवसाय गर्न आइआरडीएआइले दियो स्वीकृति

काठमाडौं। पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स लिमिटेडलाई भारतमा व्यवसाय गर्न बाटो खुलेको छ।

Tata
GBIME
Nepal Life

भारतको बीमा क्षेत्रको नियामकीय निकाय इन्स्योरेन्स रेगुलेटोरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया (आइआरडीएआइ)ले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय गर्न बाटो खुलेको हो। हिमालयन रि इन्स्योरेन्सको निवेदनमा आइआरडीएआइले १६ जनवरी २०२४ मा स्वीकृत प्रदान गरेको हो।

स्थापनाको छोटो समयमै ३१ वटा देशमा व्यवसाय विस्तार गरी हिमालयन रि इन्स्योरेन्सले दक्षिण एशियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवी बनाउन सफल भएको छ। कम्पनीले भारतबाट व्यवसाय गर्न स्वीकृति प्राप्त गरेसँगै आफ्नो छवी थप उचाइमा पुग्ने विश्‍वास लिएको बताएको छ।

हिमालयन रि इन्स्योरेन्सले केही समयअघि मात्रै आइपीओ निष्कासन गरेको थियो। कम्पनीको सेयर हाल दोस्रो बजारमा कारोबार भइरहेको छ।