लोवर इर्खुवा हाइड्रोको आइपीओको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने, दुई कम्पनीबीच सम्झौता

बिजमाण्डू
२०८० माघ २ गते १९:५७ | Jan 16, 2024
लोवर इर्खुवा हाइड्रोको आइपीओको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने, दुई कम्पनीबीच सम्झौता
इर्खुवा हाईड्रोपावर र ज्योति क्यापिटलका प्रतिनिधि मंगलबार सम्झौता देखाउँदै

काठमाडौं। लोवर इर्खुवा हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको २८ लाख ५ हजार ७५० कित्ता आइपीओको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

इर्खुवा हाईड्रोपावर र ज्योति क्यापिटलबीच मंगलबार सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ।

सम्झौतामा इर्खुवा हाइड्रोपावरका प्रबन्ध सञ्चालक विश्‍वेश्‍वर सुवेदी र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन्। इर्खुवा हाइड्रोपावर अंकित मूल्य १०० रुपैयाँका दरले आइपीओ जारी गर्ने तयारीमा छ।