ग्लोबल आइएमई क्यापिटलको सीइओमा लुइटेल, सानिमा क्यापिटलमा साढे ६ वर्षको अनुभव

बिजमाण्डू
२०८० माघ २ गते १३:३९ | Jan 16, 2024
ग्लोबल आइएमई क्यापिटलको सीइओमा लुइटेल, सानिमा क्यापिटलमा साढे ६ वर्षको अनुभव

काठमाडौं। ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा मन्दिप लुइटेल नियुक्त भएका छन्। उनी माघ १ देखि लागू हुने गरी ४ वर्षका लागि सीइओ नियुक्त भएका हुन्।

Tata
GBIME
Nepal Life

सप्‍तरीको राजविराजका लुइटेल यसअघि सानिमा क्यापिटलमा इन्भेष्टमेन्ट बैंकिङ प्रमुखका रुपमा कार्यरत थिए। उनले सानिमा क्यापिटलमा साढे ६ वर्ष काम गरेका थिए। भारतको पुनेबाट एमबीए गरेका उनले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।

उनीसँग भारतको मुम्बईस्थित आईसीआईसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केट/स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भइ काम गरेका अनुभव छ। उनी पूँजी बजारबारे विशेष दख्खल राख्छन्।