घलेम्दी हाइड्रोले हकप्रद सेयर बोलकबोलमार्फत बिक्री गर्दै, माघ ९ देखि आवेदन दिन पाइने

बिजमाण्डू
२०८० माघ २ गते ११:१६ | Jan 16, 2024
घलेम्दी हाइड्रोले हकप्रद सेयर बोलकबोलमार्फत बिक्री गर्दै, माघ ९ देखि आवेदन दिन पाइने

काठमाडौं। घलेम्दी हाइड्रो लिमिटेडले सिलबन्दी बोलपत्रमार्फत हकप्रद सेयर बिक्री गर्ने भएको छ। १ बराबर २ अनुपातमा जारी हकप्रद सेयर नबिकेपछि कम्पनीले बोलकबोलमार्फत बिक्री गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

३२ लाख १७ हजार ७२४ कित्ता हकप्रद सेयर किन्न इच्छुक जोकोही व्यक्ति र कम्पनीले निवेदन दिन सक्नेछन्। निवेदन बुझाउन माघ ९ देखि २३ गते सम्मको समय तोकिएको छ।

हकप्रद सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ छ। आवेदकले सोभन्दा कम मूल्य नहुने गरी बोलकबोल गर्नु पर्ने छ। न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्ने छ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हो।