बालकुमारीमा युवाले जलाए मन्त्रीको गाडी, इपीएसको विषयमा सडक अवरुद्ध गर्दै प्रदर्शन

बिजमाण्डू
२०८० पुष १३ गते १२:३२ | Dec 29, 2023
बालकुमारीमा युवाले जलाए मन्त्रीको गाडी, इपीएसको विषयमा सडक अवरुद्ध गर्दै प्रदर्शन

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा युवाहरुले संघीय मन्त्रीको गाडीमा आगजनी गरेका छन्।

Tata
GBIME
Nepal Life

रोजगार अनुमति प्रणाली (इपिएस)को विषयलाई लिएर युवाहरुले प्रर्दशन उत्रिएका थिए। पहिला मन्त्रीको गाडीको हावा फुस्काएका उनीहरुले पछि तोडफोड गर्दै गाडीमा आगजनी गरेका हुन्।

प्रर्दशनका क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै अन्य सवारीसाधनलाई रोकेका थिए। साथै सवारी चालकहरुलाई हातपात गरेका थिए।

केही समययता इपिएसको विषयलाई लिएर संगठित समूह बनेका छन्। पटकपटक उनीहरुले इपिएसको कार्यालय अगाडि प्रर्दशन गर्ने गरेका छन्।

प्रर्दशनको कारण बालकुमारी क्षेत्र वरपर सवारीसाधन संचालन अवरुद्ध भएको छ।