विराटनगरमा स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ, अनुसन्धान हुँदै

बिजमाण्डू
२०८० पुष १२ गते १२:१७ | Dec 28, 2023
विराटनगरमा स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ, अनुसन्धान हुँदै

काठमाडौं। विराटनगरबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। विराटनगर-६ केशलिया मार्गमा को७प ५२२१ नम्बरको मोटरसाइकलमा सवार सुनसरीको देवानगन्ज-५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहबाट १९ लाख ९० हजार रुपैयाँ बरामद भएको हो।

Tata
GBIME
Nepal Life

एकैसाथ ठूलो रकम नगद लिएर हिँडेका उनले त्यसको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद नगद र मोटरसाइकलसहित उनलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरीले इटहरीस्थित राजस्व अनुसान्धान कार्यालय पठाइएको छ।

यसअघि पनि प्रहरीले गत साता १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको थियो। विराटनगर-७ जिल्ला प्रशासन रोडबाट विराटनगर-१५ रानी बस्ने ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार रुपैयाँसहित सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो।

साहले चढेको को१९प ४४३४ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा बरामद रकमको उनले स्रोत खुलाउन सकेका थिएनन्। बरामद रकम र मोटरसाइकलसहित उनलाई कारबाहीका लागि सशस्त्रले राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाएको थियो।