भक्तपुरको हनुमानघाट लगायतका स्थान डुबानमा, घर-घरमा पानी छिरेपछि जनजीवन अस्तव्यस्त

रोजन श्रेष्ठ
२०८० साउन २३ गते १०:३१ | Aug 8, 2023
भक्तपुरको हनुमानघाट लगायतका स्थान डुबानमा, घर-घरमा पानी छिरेपछि जनजीवन अस्तव्यस्त

काठमाडौं। गए रातिदेखि निरन्तर वर्षा हुँदा उपत्यकाका विभिन्‍न खोलामा बाढी आएको छ। बहाव बढेसँगै पानी बस्तीमा समेत पस्‍न थालेको छ।

Tata
GBIME
Nepal Life

कतिपय स्थानमा पानीको उचित निकास नहुँदा पनि बस्तीमा पानी पसेको छ। बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढीले जलसतह बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

वर्षापछि भक्तपुरका विभिन्‍न स्थान पनि डुबानमा परेका छन्। जसकारण त्यहाँको जनजीवन प्रभावित बनेको छ। भक्तपुरको हनुमानघाट लगायतका स्थान यसरी डुबानमा परेका छन्।