यती एयरलाइन्सको जहाज दुर्घटनाः ब्ल्याक बक्स परीक्षणका लागि सिंगापुर पठाइयो

बिजमाण्डू
२०७९ माघ १६ गते १०:०१ | Jan 30, 2023
यती एयरलाइन्सको जहाज दुर्घटनाः ब्ल्याक बक्स परीक्षणका लागि सिंगापुर पठाइयो

काठमाडौं। दुई साता अगाडि पोखरामा दुर्घटना भएको यती एयरको जहाजको ब्ल्याक बक्स अनुसन्धानका लागि सिंगापुर पठाइएको छ।

Tata
GBIME
Nepal Life

जहाजको ब्ल्याकबक्स लिएर दुर्घटना जाँचबुझ आयोगका संयोजक नगेन्द्र प्रसाद घिमिरे, सदस्य एवं हवाई विज्ञ दीपकप्रसाद वास्तोला, सदस्य सचिव एवं सहसचिव बुद्धिसागर लामिछाने सिंगापुर गएको पर्यटन मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार केसीले बताए।

नेपालबाट गएका प्रतिनिधि यही साता भित्रै नेपाल फर्कने योजना रहेको उनले जानकारी दिए।’सिंगापुरमा ब्ल्याकबक्स भित्र रहेको एफडीआर र सिभीआर डाटा डाउनलोड, विश्लेषण लगायतको काम हुनेछ,’ प्रवक्ता एवं सहसचिव केसीले भने।   

आयोगले स्थलगत अध्ययन सकिसकेको जनाएको छ।

गत माघ १ मा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलसहित ७२ जनाको मृत्यु भएको थियो। जहाज सेती खोंचमा खसेको थियो। घटनाको कारण पत्ता लगाउनका लागि सरकारले जाँच आयोग गठन गरेको थियो।

पूर्व सचिव घिमिरेको संयोजकत्वमा गठित आयोगमा हवाई विज्ञद्वय पूर्वउपरथी दीपकप्रसाद बाँस्तोला र पूर्व क्याप्टेन सुनिल प्रधान र हवाई मर्मत इञ्जिनियर एकराजजंग थापा सदस्य छन्।

आयोगको सदस्यसचिवमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लामिछाने छन्। आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ।