रोयल इन्फिल्डको हिमालयन बाइक थप ३ नयाँ कलरमा अपग्रेड भएर आयो, युएसबी चार्जिङ सुविधा

बिजमाण्डू
२०७९ मंसिर १२ गते ११:१७ | Nov 28, 2022
रोयल इन्फिल्डको हिमालयन बाइक थप ३ नयाँ कलरमा अपग्रेड भएर आयो, युएसबी चार्जिङ सुविधा

काठमाडौं। रोयल इन्फिल्डले हिमालयन बाइकलाई थप ३ वटा नयाँ कलरमा अपग्रेड गरेर ल्याएको छ।

Tata
GBIME
Nepal Life

पहिलाको मोडलमा युएसबी चार्जिङ पोर्टको सुविधा उपलब्ध थिएन। अहिलेको वाइकमा यो सुविधा छ। थपिएको नयाँ कलरमा ग्लासियर ब्ल्यु, ड्युन ब्राउन र स्लिक ब्ल्याक छन्।

यस अघि ग्रेबेल ग्रे, पाइन ग्रीन र ग्रेनाइट ब्ल्याक गरी तीन कलरमा उपलब्ध रहेको थियो। यो नयाँ बाइकको सुरुवाती मूल्य भारु २ लाख २२ हजार ४०० तोकिएको छ। यो बाइकमा ग्रील र साइड प्यानलमा एम्बोस्ड लोगो पनि छ।

नोभेम्बर २४ देखि नयाँ हिमालयन भारतका सबै रोयल इन्फिल्ड डिलरमा बुकिङ र टेष्ट ड्राइभका लागि उपलब्ध हुनेछ।

यो मोटरसाइकलमा ४११ सीसी एयर कुल्ड, एसओएसचसी इन्जिन रहेको छ। यो इन्जिनले ६५०० आरपीएममा २४.३ बीएच पावर तथा ४५०० आरपीएममा ३२ एनएम टर्क उत्पादन गर्छ। यसमा ५ स्पीडका गियरबक्स पाउन सकिन्छ।