झापामा बढ्यो धानको उत्पादकत्व, ८६ हजार हेक्टरमा भएको रोपाइँमा ४.८९ प्रतिशत

बिजमाण्डू
२०७९ मंसिर १२ गते ०८:५६ | Nov 28, 2022
झापामा बढ्यो धानको उत्पादकत्व, ८६ हजार हेक्टरमा भएको रोपाइँमा ४.८९ प्रतिशत

बनियानी। झापामा वर्षे धानको उत्पादकत्व बढेको छ। गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए। 

Tata
GBIME
Nepal Life

उनका अनुसार यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व ४.८९ मेट्रिक टन प्रतिहेक्टर छ। आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा वर्षे धानको उत्पादकत्व ४.८५ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ। आव २०७७/७८ मा ८५ हजार ७ सय ५० हेक्टरमा धानखेती गरिएको थियो।

गतवर्ष जिल्लामा ८७ हजार ५ सय हेक्टरमा धान खेती गरिए पनि यो वर्ष घटेर ८६ हजार ६ सय २५ हेक्टरमा मात्र रोपाइँ भएको थियो। प्लटिङ लगायतका भू-खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उनले बताए।

त्यस्तै, जिल्लामा आव २०७८/०७९ मा १९ हजार आठ सय हेक्टरमा चैते धान खेती गरिएको थियो। यसको उत्पादकत्व ५.२ मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ। रासस