सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार फुकुवा, सोमबारबाट कारोबार गर्न मिल्ने

बिजमाण्डू
२०७९ मंसिर ११ गते १७:०५ | Nov 27, 2022
सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार फुकुवा, सोमबारबाट कारोबार गर्न मिल्ने

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार फुकुवा भएको छ। प्रभु बैंकसँग मर्जरका क्रममा रहेको यो बैंकको सेयर कारोबार मंसिर ११ गतेबाट फुकुवा भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ।

Tata
GBIME
Nepal Life

नेप्सेका अनुसार मंसिर ११ गतेको निर्णय अनुसार संस्थापक बाहेकको सेयर कारोबार फुकुवा गरिएको हो। फुकुवा भएको सो कम्पनीको सेयर कारोबार सोमबारबाट दोस्रो बजारमा हुनेछ।

गत साउन १५ गते प्रभुले बैंकलाई प्राप्ति गर्ने निर्णय भएको थियो। सो निर्णयपछि साउन १६ गतेबाट कारोबार रोक्का रहेको यो बैंकको कारोबार खुलाउन नेप्सेमा पत्र पठाएपछि कारोबार फुकुवा भएको हो।

बराबरी हैसियत अर्थात सेयर आदानप्रदान अनुपात १ बराबर हुने भएकाले नयाँ बन्ने बैंकको चुक्ता पुँजी २२ अर्ब २६ करोड रुपैयाँ पुग्ने छ।