प्रदीपलाई पराजित गर्दै चन्द्र भण्डारी विजयी, ज्ञवालीले भने-'तपाईँको विश्वास मतमा बदल्न सकिन'




बुटवल। गुल्मी-१ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता चन्द्रकान्त भण्डारी विजयी भएका छन्। उनी एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै विजयी भएका हुन्।



भण्डारीले ३२ हजार २२७ मत ल्याए भने ज्ञवालीले ३० हजार ९३५ मत पाएका छन्। निर्वाचन कार्यालयले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ।

यसअघि २०७४ को निर्वाचनमा गुल्मी-१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतान्तरले पराजित भएका थिए।

एमाले उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत हार स्वीकारिसकेका छन्। उनले लेखेका छन्, 'अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन। तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु। प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु।'


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell