टाटाले टिगोर इभीलाई बनायो पहिलेको भन्दा बढी पावरफुल, फूलचार्जमा ३१५ किमी गुड्ने

बिजमाण्डू
२०७९ मंसिर ७ गते १६:११ | Nov 23, 2022

काठमाडौं। टाटा मोटर्सले टिगोरको विद्युतीय संस्करणलाई पहिलेको भन्दा बढी शक्तिशाली बनाएर पुनः  बजारमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

पहिलेको संस्करणमा भएको २६ किलोवाट आवरको ब्याट्रीले फुल चार्जमा ३०६ किलोमिटरसम्मको रेन्ज दिने एआरएआईले प्रमाणित गरेको थियो। अबको नयाँ संस्करणमा भने ३१५ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी कम्पनीले गरेको छ। यो सुविधा पहिलेको मोडल नेक्सन इभी म्याक्स र नेक्सन इभी प्राइममा मात्र उपलब्ध थियो।

यसमा भएको ब्याट्री फुल चार्ज गर्न घरमै १५ एमपिएरको पावरमा गर्दा ८ घण्टा लाग्छ। तर, फास्ट चार्जिङको पनि सुविधा भएकाले शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न ६०-८० मिनेटको समय लाग्ने कम्पनीले जानकारी दिएको छ।

यो इभी जीपट्रोन टेक्नोलोजीमा तयार भएको हो। टिगोर इभीको ग्राउन्ड क्लियरेन्स १ सय ७२ एमएम छ। साथै ५५ किलोवाट क्षमताको मोटर दिइएको छ। सुरक्षाका मापदण्डमा आधारित फिचर्सहरु पनि समावेश गरिएको छ।

यो टिगोर इभीमा भएको ब्याट्रीमा ८ वर्ष अथवा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी छ। यसमा सफ्टवेयर अपग्रेड गर्नुपर्छ।

टिगोर इभी एक्सटी भेरियन्टले टिगोर इभी एक्सएमलाई प्रतिस्थापन गर्दछ। यसमा ७.०-इन्च टचस्क्रिन र स्टेयरिङ-माउन्टेड नियन्त्रणहरू जस्ता थप सुविधाहरू प्राप्त छ। अब टिगोर इभी एक्सजेड प्लसमा क्रुज कन्ट्रोल, रेन सेन्सिङ वाइपर र अटो हेडल्याम्प पाउँछ। यसको मूल्य भारतमा भारु १३.४९ लाख रुपैयाँ छ।

टाटाले यसलाई नयाँ टप-स्पेक एक्सजेड प्लस लक्स भेरियन्ट पनि थपेको छ। जुन कन्ट्रास्ट कालो रुफमा उपलब्ध छ। यो भेरियन्टको मूल्य भारतमा भारु १३.७५ लाख रुपैयाँ छ।