सबैको लघुवित्तको २२  हजार कित्ता सेयर बिक्रीमा, प्राथमिकता संस्थापकलाई, नबिके सर्वसाधारणलाई

बिजमाण्डू
२०७९ भदौ २ गते ११:१९ | Aug 18, 2022

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ। लघुवित्तले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको २२ हजार ४२ कित्ता सेयर बिक्री गर्ने भएको हो। 

Tata
GBIME
Nepal Life

 सेयर बिक्रीका लागि विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्। 

संस्थाको केन्द्रिय कार्यालय बन्दिपुर १ डुम्रे तनहुँमा दिन सक्नेछन्। संस्थापकले खरिद नगरेमा संस्थाले सर्वसाधारणलाई बोलकबोलबाट बिक्री  गर्ने छ।

२७ कराेड रुपैयाँ चुक्ता पुँजी भएकाे लघुवित्तकाे नेप्सेमा २७ लाख कित्ता साधारण सेयर सूचिकृत छ।