सांग्रिला डेभलपमेन्ट बैंकको सांग्रिला मुद्दती धामाका, न्यूनतम मौज्दात १० हजार रुपैयाँबाट सुरु

बिजमाण्डू
२०७९ साउन ३१ गते १८:५९ | Aug 16, 2022
सांग्रिला डेभलपमेन्ट बैंकको सांग्रिला मुद्दती धामाका, न्यूनतम मौज्दात १० हजार रुपैयाँबाट सुरु

Tata
GBIME
Nepal Life

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै 'सांग्रिला मुद्दती धमाका' योजना सार्वजनिक गरेको छ। यसअन्तर्गत ग्राहकले न्यूनतम मौज्दात १० हजार रुपैयाँबाट सुरु गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यो योजनाअन्तर्गत बचत रकम अनुसार चार गुणा, पाँच गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ। योजना अन्तर्गत आफ्नो ग्राहकले बचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम प्रतिफल प्राप्त गर्न सक्ने र १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः पाँच गुणा र १० गुणा रकम प्रतिफल प्राप्त गर्न सक्ने जनाइएको छ।

ग्राहकले यो योजना अन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था गरिएको जनाइएको छ। ग्राहकले आफ्नो बचत रकममा कर्जा लिने/दिने दिनसम्म पुँजीकरण गरिएको ब्याज रकम समेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ।

ग्राहकले मुलुकभर रहेको एक सय १२ शाखा कार्यालय मार्फत सेवा लिन सक्ने जनाइएको छ।