आईपीओ ल्याउने तयारीमा म्यूजिक नेपाल, एनआइसी एशिया क्यापिटल बिक्री प्रवन्धक

बिजमाण्डू
२०७९ साउन २० गते १९:२० | Aug 5, 2022
आईपीओ ल्याउने तयारीमा म्यूजिक नेपाल, एनआइसी एशिया क्यापिटल बिक्री प्रवन्धक

काठमाडौं। करिब चार दशक अघि स्थापना भएको सांगितिक क्षेत्रको एक कम्पनीले सर्वसाधरणहरुमा सार्वजनिक निष्कासन(आईपीओ)जारी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले आईपीओ जारीका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बिक्री प्रवन्धक सम्वन्धि सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र  म्यूजिक नेपालको तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरे।

यो आइपिओ जारी भएमा सांगितिक क्षेत्रको पहिलो कम्पनी बन्नेछ। २०३९ श्रावण २४ गते स्थापना भएको यो कम्पनीले २०४० साल वैशाख २ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको थियो। त्यसपछि कम्पनीले नेपाली गीतसंगितका एल्वमहरुको नियमित उत्पादन गर्न थालेको हो। 

निजीस्तरको पहिलो रेकर्डिङ् स्टुडियोको रुपमा अत्याधुनिक टेपमेटिक डिजिटल लुपबिन प्लान्ट जडान गर्ने दक्षिण एसियाकै पहिलो कम्पनी पनि यही हो।