टाटाको ह्याचब्याक कार टियागो एनआरजीको नयाँ भर्सन एक्सटी ट्रिम सार्वजनिक, मूल्य भारु ६.४२ लाख

बिजमाण्डू
२०७९ साउन २० गते १२:०१ | Aug 5, 2022
टाटाको ह्याचब्याक कार टियागो एनआरजीको नयाँ भर्सन एक्सटी ट्रिम सार्वजनिक, मूल्य भारु ६.४२ लाख

काठमाडौं। टाटाको मिड रेन्ज टियागो एनआरजीको नयाँ भर्सन एक्सटी ट्रिम भारतमा सार्वजनिक भएको छ। टाटाले टियागो एनआरजी एक्सटी ट्रिमको मूल्य भारतमा ६ लाख ४२ हजार भारु तोकिएको छ।

Tata
GBIME
Nepal Life

नयाँ एक्स ट्रिम टियागोको क्रस-ह्याच डेरिभेटिभको फुल अप्सन भएको एक्सजेड ट्रिमभन्दा तल्लो लेभलको छ। यो नयाँ एक्स ट्रिम एक्सजेडको भन्दा ४१ हजार भारु सस्तो छ। यसले गर्दा यसको मूल्य नेपाली बजारमा पनि सस्तो हुनेछ।

यस नयाँ टियागो ५-स्पिड गियरबक्स भएको म्यान्युअल भेरियन्टमा मात्र उपलब्ध छ। यसमा अरु नयाँ फिचरहरु उपलब्ध छन्। यसमा फग ल्याम्प, फक्स रूफ रेलहरू ब्ल्याक, बडीको तल्लो भागमा ब्ल्याक प्लास्टिकको क्ल्याडिङ र एक्सजेडमा भएको जस्तै ह्वीलहरू छ। पुरानो मोडल एक्सजेडमा १५ इन्चको डुअल-टोन एलोइ ह्वील रहेको थियो तर यसमा भने १४ इन्चको स्टिल ह्वीलहरूसँग उपलब्ध छ।

यसको इन्टेरियर डिजाइनहरुमा ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीमा डबल डीआईएन अडियो प्रणाली कार स्टेरियो अडियो अनुभव हुनेछ। डबल डीआईएन भनेको जर्मनको साउन्ड सिस्टम हो। यस्तै अरु सबै इन्टेरियरमा ब्ल्याक कलरको थिम सेट गरिएको छ। साथै स्टियरिङ माउन्टेड नियन्त्रणहरू, प्यासेन्जरको साइडमा भ्यानिटी मिरर र एडजष्टएबल ड्राइभर सीट पनि यसमा उपलब्ध छ।

टियागो एनआरजी क्रस-ह्याच मेकानिक रूपमा टियागो ह्याचब्याकसँग उस्तै रहेको छ। जसले १.२-लिटरको ३-सिलिन्डर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिन छ। जसले ८६ हर्षपावरका साथ ११३ एनएम क्षमताको टर्क जेनेरेट गर्न सक्छ। यसलाई इन्जिनको क्षमता भन्ने बुझाउँछ। यसमा ५-स्पीड म्यानुअल गियरबक्स मात्र उपलब्ध छ।

टाटाले टियागो ह्याचब्याकको विद्यमान एक्सटी ट्रिमलाई नयाँ सुविधाहरू सहित सार्वजनिक गरेको जनाएको छ। यसमा पहिले भर्सनमा जस्तै ओपल ह्वाइट, डेटोना ग्रे, एरिजोना निलो र फ्लेम रेड कलरहरूसँगै नयाँ 'मिडनाइट प्लम' कलर विकल्प पनि उपलब्ध छ।

नेपालमा हाल भइरहेको भर्सनहरुको मूल्य २५ लाख देखि ३८ लाख रुपैयाँसम्म रहेको छ।