रुस-युक्रेन युद्धले डेलिभरी रोकिएका जहाज किन्ने जेट एयरको योजना, डिसेम्बरभित्रै ८ जहाज थप्दै

बिजमाण्डू
२०७९ असार १८ गते २१:०० | Jul 2, 2022
रुस-युक्रेन युद्धले डेलिभरी रोकिएका जहाज किन्ने जेट एयरको योजना, डिसेम्बरभित्रै ८ जहाज थप्दै

काठमाडौं। तीन वर्षपछि पुनः संचालनमा आउन लागेको भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले आउँदो डिसेम्बरभित्रै जहाज संख्या विस्तार गर्ने योजना बनाएको छ।

Tata
GBIME
Nepal Life

रुस र युक्रेनबीचको युद्धका कारण डेलिभरी नभएका जहाज खरिद र लिजका लागि जेटले व्यवसायिक योजना अगाडि बढाएको जनाएको छ।

कम्पनीले एयरबस र बोइङ लगायत हवाईजहाज उत्पादक कम्पनीसँगै लिजिङ कम्पनीसँग पनि यसका लागि छलफल सुरु गरेको छ। कम्पनीले आठवटा जहाज किन्ने योजना बनाएको जनाएको छ।

'हवाइजहाज सहजै पाउन विगतदेखि नै मुस्किल हुँदै आएको छ। रुस र युक्रेनबीच भइरहेको युद्धका कारण रसियाली वायुसेवालाई लिजमा दिइएको र कम्पनीबाट अर्डर आएका जहाज ल्याउने सम्भावना धेरै रहेको छ,' कम्पनीका एक उच्च अधिकारीले भनेका छन्।

दक्षिण एसियाली मुलुकका वायुसेवामध्ये निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी मानिएको जेट एयरवेज लगातार घाटामा गएपछि बन्द भएको थियो। यसका जहाज २०१९ अप्रिल तेस्रो सातादेखि नै ग्राउन्डेड छन्।

कम्पनीले अबको तीन वर्षको अवधिमा ५० वटाभन्दा बढी जहाज संख्या विस्तार गर्ने योजना बनाएको संचालक मुरलीलाल जालनले बताएका छन्।

आर्थिक व्ययभार र कर्मचारी विवादका कारण बन्द रहेको यो कम्पनी अदालतको फैसलापछि दुई वर्षअघि युएइका धनाढ्य जालन र कलरक क्यापिटलले खरिद गरेका थिए।त त्यससँगै यो कम्पनी पुनः संचालनमा आउन लागेको हो।