बिपिडब्लू लघुवित्तले ९७ हजार कित्ता आईपीओ ल्याउने, धितोपत्र बोर्डमा दियो आवेदन




काठमाडौं। बिपिडब्लू लघुवित्त वित्तीय संस्थाले साधरण सेयर निष्कासन(आईपीओ) गर्ने भएको छ। संस्थाले सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।



बोर्डबाट निष्कासन अनुमति पाएपछि लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता आईपीओ जारी गर्नेछ। 

यस लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ। लघुवित्तले जारी पुँजीको ३२.३३ प्रतिशत रकमको आईपीओ जारी गर्नेछ।

कम्पनीको गत पुस ३० गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell