घट्यो सार्वजनिक गाडीको भाडा, एउटै रुटमा १५ देखि ५० रुपैयाँसम्म कम, अब कति पर्छ?

बिजमाण्डू
२०७९ जेठ २० गते १२:५० | Jun 3, 2022

काठमाडौं। अन्तर-प्रादेशिक सार्वजनिक यातायातमा यात्रुका लागि भाडा घटेको छ। पेट्रोल तथा डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घटेसँगै सरकारले सार्वजनिक सवारीमा भाडा घटाएको हो।

Tata
GBIME
Nepal Life

२० जेठ शुक्रबारदेखि नै लागु हुने गरी सरकारले विद्यमान भाडादरमा २.९ प्रतिशतसम्म भाडा घटाएको छ। एउटा रुटमा १५ रुपैयाँदेखि ५० रुपैयाँ भन्दा धेरै भाडा घटेको छ।

पेट्रोलियम पदार्थको मूल्यमा घटबढसँगै स्वचालित रुपमा सार्वजनिक सवारी साधनको मूल्य समायोजन हुने व्यवस्था लागु भएसँगै गत आइतबार भएको डिजेलको मूल्यवृद्धिलाई आधार मानेर यातायात व्यवस्था विभागले भाडा बढाएको हो।

यो घटेको भाडा दर दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा संचालित सार्वजनिक सवारीहरुमा लागु हुनेछ। यो केन्द्र सरकारको यातायात व्यवस्था विभागले गरेको निर्णय हो। यसैका आधारमा प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा समायोजन गर्नेछन्।

यात्रुवाहक सवारीको हकमा २.० प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा २.६ प्रतिशत र तराइको बाटोमा संचालन हुने मालवाहक सवारीमा २.९ प्रतिशतले भाडा घटेको छ।

यसअघि जेठ १० गतेबाट लागु हुनेगरी यात्रुवाहक सार्वजनिक सवारी साधनमा ३ प्रतिशतसम्म भाडा बढेको थियो। सरकारले स्वाचालित मूल्यमा सार्वजनिक सवारीको भाडा इन्धनको मूल्य घटबड अनुसार मूल्य समायोजन हुने नीति कार्यन्वयन गरेपछि यसको असर तेलको मूल्यसंग संबन्धित हुन्छ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडादर समायोजन प्रणालीअनुसार अन्तर-प्रदेशको भाडा समायोजन गर्छ।

विभिन्न १३ सूचकलाई आधार मानेर सार्वजनिक यातायातको भाडा समायोजन गर्ने गरिन्छ। जसमा ३५ प्रतिशत भार पेट्रोलियम पदार्थलाई दिइएको छ। बाँकी ६५ प्रतिशत सवारीसाधनमा काम गर्ने स्टाफको तलब सुविधा, कर, वार्षिक बीमा प्रिमियम, मर्मतसम्भार खर्च, ब्याजदर, ब्याट्रीको मूल्य ह्रास, अन्य खर्च, इन्धन, टायर, लुब्रिकेन्ट लगायतलाई मानिएको छ।