लगानी सम्मेलन सुरु हुँदा चीनको घोषणा : नेपाली नागरिकलाई लाग्ने छैन भिसा शुल्क

बिजमाण्डू
२०८१ बैशाख १६ गते ११:५८ | Apr 28, 2024
लगानी सम्मेलन सुरु हुँदा चीनको घोषणा : नेपाली नागरिकलाई लाग्ने छैन भिसा शुल्क
लगानी सम्मेलनका क्रममा सोल्टी होटलमा चिनियाँ राजदूत चेन सोङसहित चिनियाँ उद्योगीहरु

काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा शुल्क नलिने भएको छ। सन् २०२४ को वेशाख १९ गते (मे १) देखि लागू हुने गरि नेपाली नागरिकले भिसा शुल्क तिर्नु नपर्ने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।

Tata
GBIME
Nepal Life

चिनियाँ राजदूत चेन सोङले नेपाल र चीनबीचको मित्रतालाई थप प्रवर्धन गर्न र आपसी आवतजावतलाई थप सहज बनाउन यो निर्णय गरेको बताएका छन्।

भिसा शुल्क नलिने भए पनि एक्सप्रेस शुल्क र सर्भिस शुल्क भने लाग्नेछ।

चिनियाँ दूतावासले ‘एक्सप्रेस वान’ बाट स्ट्यान्डर्ड भिसा लिने नेपालीका लागि ४ हजार नेपाली रुपैयाँ शुल्क लिनेछ। ‘एक्सप्रेस टु’ बाट स्ट्यान्डर्ड भिसा लिनेका लागि दुई हजार ७०० रुपैयाँ शुल्क लिने जनाएको छ। त्यस्तै, ‘एक्सप्रेस वान’ ग्रुप भिसा लिनेले दुई हजार रुपैयाँ र ‘एक्सप्रेस टु’ बाट ग्रुप भिसा लिनेले १ हजार ३५० रुपैयाँ तिर्नुपर्नेछ।

यस्तै, ‘एक्सप्रेस वान’बाट भिसा लिँदा सर्भिस शुल्क बापत् ७ हजार ८०० रुपैयाँ र ‘एक्सप्रेस टु’बाट ५ हजार ८५० रुपैयाँ तिर्नुपर्छ। सामान्य तरिकाले भिसा लिँद ३ हजार ९०० सेवा शुल्क रुपैयाँ तिर्नुपर्छ।

मे १ सम्म भिसाका लागि आवेदन गरेकाहरुको हकमा भने भिसा शुल्क पनि लाग्नेछ।

नेपालमा लगानी सम्मेलन भइरहेको बेला चीनको यो घोषणा भएको हो। सम्मेलनमा सहभागी हुन चीनबाट उद्योगी व्यवसायी अहिले काठमाडौंमा छन्।