सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, बुधबार सुन प्रतितोला ९८ हजार २ सय, चाँदीमा ५ रुपैयाँ बढ्यो

बिजमाण्डू
२०७९ जेठ ११ गते ११:२३ | May 25, 2022
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, बुधबार सुन प्रतितोला ९८ हजार २ सय, चाँदीमा ५ रुपैयाँ बढ्यो

काठमाडौं। तीन दिनदेखि लगातार स्थिर रहेको सुनको मूल्य बुधबार बढेको छ। तोलामा २ सय रुपैयाँ बढेको हो। कारोबार मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। उक्त मूल्यमा सुन गत शुक्रबार आइपुगेको थियो। त्यसअघि गत बिहीबार प्रतितोला ९७ हजार ३ सय रूपैयाँ थियो। 

चाँदीको मूल्य बुधबार ५ रुपैयाँ बढ्दै प्रतितोला १२ सय ७५ रुपैयाँ भएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ७० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८६१.७८ डलरमा कारोबार भइरहेको छ भने चाँदी २२.०४ डलर छ। मंगलबार सुन प्रतिऔंस १८५५.९४ डलर र चाँदी २१.७४ डलरमा थियो।