काठमाडौं महानगरमा बालेन साहको अग्रता कायमै, उपप्रमुखमा सुनिता ४ हजार मतान्तरले अगाडि

बिजमाण्डू
२०७९ जेठ २ गते १०:१४ | May 16, 2022
काठमाडौं महानगरमा बालेन साहको अग्रता कायमै, उपप्रमुखमा सुनिता ४ हजार मतान्तरले अगाडि

काठमाडौं। काठमाडौं महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ। पछिल्लो  मतपरिणाम अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बलेन) ले ५ हजार ६९२ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन्। 

Tata
GBIME
Nepal Life

नेकपा एमालेका केशव स्थापितले २ हजार ९९२ र नेपाली कांग्रेसका सिर्जना सिंहले २ हजार ६९२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुनिता डङ्गोलले ५ हजार ८९६, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १ हजार ६३२ मत प्राप्त गरेका छन्। 

निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको छ। राष्ट्रिय सभागृहबाट अहिले वडा नं २, ३, ४, ५, ३१ र ३२ को मत गणना भइरहेको छ।

वडा नम्बर १ को मतपरिणाम आइतबारनै सार्वजनिक भइसकेको छ। मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ वडा अध्यक्ष पदमा निर्वाचित भइसकेका छन्।