झापा मेचीनगरको चाउचाउ उद्योग मनसा थाइ फुड्समा आगलागी, एक अर्बभन्दा बढीको क्षति अनुमान

बिजमाण्डू
२०७८ माघ २९ गते १०:४१ | Feb 12, 2022
झापा मेचीनगरको चाउचाउ उद्योग मनसा थाइ फुड्समा आगलागी, एक अर्बभन्दा बढीको क्षति अनुमान


विराटनगर। झापाको चिज बल्स र चाउचाउ उद्योग मनसा थाई फुड्स प्रालिमा शनिबार बिहान ठूलो आगलागी भएको छ। मेचीनगर नगरपालिका-१४ दुवागढीमा रहेको उद्योगमा बिहान ४ बजेदेखि आगलागी भएको हो।

Tata
GBIME
Nepal Life

उद्योग सञ्चालक बुद्धिप्रकाश घिमिरेका अनुसार बिहान सबा ९ बजेसम्म आगो नियन्त्रणमा आए पनि पूरा निभिसकेको छैन। 
आगो निभाउन बिभिन्न ठाउँका १३ वटा दमकल प्रयोग गरिएका छन्। उद्योग परिसरमा रहेको ९० प्रतिशतभन्दा बढी प्रोपर्टी नष्ट भएको सञ्चालक घिमिरेले बताए।  उनले एक अर्बभन्दा बढी क्षति भएको बताएका छन्।

उनका अनुसार ब्वाइलर र खानेतेलको ट्यांकी आगोबाट जोगिए पनि तेलमा धुवाँ पसिसकेकाले प्रयोग गर्न अयोग्य भइसकेको छ। कारखानामा रहेका तयारी सामग्री कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, र्यापर लगायतका सबै सामग्री नष्ट भएका छन्। 

त्यस्तै उदयोगका प्लान्टहरु पनि आगोले ध्वस्त भएका छन्। उद्योग परिसरमा भएका ३ मुख्य भवनमध्ये एउटा मात्र बचेको छ।