सबमरिन केबलमा समस्या आएपछि नेपालको इन्टरनेट सेवा पनि प्रभावित, समाधान हुन केही हप्ता लाग्ने

बिजमाण्डू
२०७८ माघ ७ गते १२:०० | Jan 21, 2022
सबमरिन केबलमा समस्या आएपछि नेपालको इन्टरनेट सेवा पनि प्रभावित, समाधान हुन केही हप्ता लाग्ने

काठमाडौं। बिगत केही दिनदेखि सबमरिन केबलहरुमा समस्या आएकाले नेपालको इन्टरनेट सेवामा पनि असर परेको छ। नेपालमा इन्टरनेट ब्यान्डविथ बिक्री गर्ने टाटा, एयरटेल, सिफीका अनुसार मुम्बई खाडी मार्गको उपसमुद्री भागका केबलहरुमा समस्या आएको जनाएका छन्।

Tata
GBIME
Nepal Life

जसका कारण मुम्बई हुँदै युरोप मध्यपूर्व (खाडी) र अमेरिकामा पठाइने इन्टरनेट ट्राफिकमा असर परिरहेको इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले जनाएको छ।

अपस्ट्रिम प्रदायकहरुले समस्या आएपछि अहिले वैकल्पिक मार्गहरु प्रयोग गरी इन्टरनेट सेवा संचालन गरिरहेका छन्। त्यसकारण इन्टरनेट सेवामा ल्याटेन्सी बढ्ने तथा प्याकेट ड्रप पनि हुनसक्ने भएकाले इन्टरनेट सेवा प्रभावित भइरहेको आइस्पानले जनाएको छ। 

अपस्ट्रिम प्रदायकहरुकाअनुसार मर्मत केबल जहाज, पानीमा मौसमको अवस्था र मर्मत कार्यका लागि अनुमति लिने जस्ता निर्भरताहरुका कारणले गर्दा यी समस्या समाधान गर्न केही हप्ता लाग्ने आइस्पानले जनाएको छ। 

‘हामी इन्टरनेट सेवा प्रदायकहरु जतिसक्दो चाँडो समस्या समाधान गर्न अपस्ट्रिम प्रदायकहरुसँग निरन्तर सम्पर्कमा छौं। विद्यमान अवस्थाका कारण तपाईंहरुलाई पर्न गएका/पर्न जाने असुविधाहरु प्रति क्षमाप्रार्थी छौं,’ आइस्पानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।