मौसम प्रतिकूलताले आन्तरिकतर्फको उडान प्रभावित, देशभरमा चार विमानस्थल मात्र खुल्ला

बिजमाण्डू
२०७८ माघ ६ गते १०:३४ | Jan 20, 2022

काठमाडौं। मौसम प्रतिकूलताका कारण आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएका छन्। बिहीबार काठमाडौं बाहिरका चारवटा विमानस्थल मात्र खुल्ला छ।

Tata
GBIME
Nepal Life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यो प्रभावले आज हुन लागेको एक सय १२ वटा उडान नै प्रभावित हुनेछन्। 'विभिन्न वायुसेवा कम्पनीको उडान तालिका समयमा हुन नसकेपछि साँझसम्मका उडानहरु डिले हुने सम्भावना रहेको छ। वायुसेवा कम्पनीले आफ्नो यात्रुलाई पूर्व जानकारी गराइसकेका छन्,' विमानस्थलका एक कर्मचारीले भने।

बुद्ध, यती, श्री, सौर्य, गुण, सिता, तारा, समिट लगायतका वायुसेवा कम्पनीको उडान विहानैदेखि प्रभावित भएको विमानस्थलले जनाएको छ।

यतिखेर पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटार बाहेकका अधिकांश विमानस्थलमा भिजीबिलिटी कम रहेको बुद्ध एयरले जानकारी दिएको छ।कम्पनीले यतिखेर भिएफआर अन्तर्गतको उडानलाई प्राथमिकता दिँदै उडान संचालन गर्दै आएको जनाएको छ।