महालक्ष्मी विकास बैंकले बिपन्न परिवारका ६३ जना विद्यार्थीलाई ज्याकेट बाँड्यो

बिजमाण्डू
२०७८ माघ ६ गते १०:३० | Jan 20, 2022
महालक्ष्मी विकास बैंकले बिपन्न परिवारका ६३ जना विद्यार्थीलाई ज्याकेट बाँड्यो


काठमाडौं। महालक्ष्मी विकास बैंकको पालुङ शाखाले थाहा ̵ ७ डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत बिपन्न परिवारका ६३ जना विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्‍याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ संचालन गर्दै आइरहेको जनाएको छ। 

विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच पालुङ शाखाका प्रबन्धक संगिता बज्राचार्यले बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी थिइन्। 

जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएकाले दैनिक पठनपाठनमा र विद्यालय संचालनमा सहयोग पुर्याएको भन्दै विद्यालयका प्रधानाध्यापक प्रताप सिंह गोलेले कृतज्ञता प्रकट गरेका छन्।