सुन सातामा ११ सय महँगियो, अन्तर्राष्ट्रिय बजार मूल्यमा क्रमिक सुधार, ९२ हजार ७०० तोला

बिजमाण्डू
२०७८ पुष ३० गते ११:१४ | Jan 14, 2022
सुन सातामा ११ सय महँगियो, अन्तर्राष्ट्रिय बजार मूल्यमा क्रमिक सुधार, ९२ हजार ७०० तोला


काठमाडौं। साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा २ सय बढेको हो भने गत साताका तुलनामा १ हजार १ सय रुपैयाँ वृद्धि भएको हो।

Tata
GBIME
Nepal Life

बिहीबार तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो भने साताको प्रारम्भमा गत आइतबार ९१ हजार ६ सय रुपैयाँ थियो।

चाँदी तोलामा ५ रुपैयाँ बढेको छ। बिहीबार १ हजार २ सय ५५ रुपैयाँ थियो, शुक्रबार १ हजार २ सय ६० रुपैयाँ भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा क्रमिक सुधार छ। गत सोमबार प्रतिऔंस १७९२.४८ डलरमा कारोबार भएको सुन बुधबार १८१८.३९ डलरमा आइपुगेको थियो। क्रमिक बढोत्तरी जारी राख्दै शुक्रबार १८२६.५५ डलर भएको छ। 

यसैगरी चाँदी गत सोमबार प्रतिऔंस २२.२७ मा कारोबार भएको थियो। मंगलबार २२.५५ र बुधबार २२.७५ डलर पुगेको चाँदी बढेर शुक्रबार २३.१८ डलर प्रतिऔंसमा कारोबार भइरहेको छ।