सामसङले जाडो महिनालक्षित वासिङ मेशिनमा छुट अफर ल्यायो, १७%सम्म छुट दिने

बिजमाण्डू
२०७८ मंसिर २३ गते १६:२९ | Dec 9, 2021

काठमाडौं। सामसङ नेपालले जाडो याम लक्षित गर्दै बिभिन्न मोडेलका वासिङ मेशिनहरुमा छुट योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले आगामी पुष मसान्तसम्मका लागि छुट योजना सार्वजनिक गरेको हो। योजनाअन्तर्गत कम्पनीले वासिङ मेशिनहरुमा १७ प्रतिशतसम्म छुट दिने बताएको छ।

कम्पनीले एआई कन्ट्रोलयुक्त नयाँ किसिमका वासिङ मेशिनमा अपग्रेड गर्न ग्राहकलाई प्रोत्साहन गर्दै योजना ल्याएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

नयाँ एआई कन्ट्रोल वासिङ मेशिनहरुमा इको बबल तथा हाइजिन सिस्टम जस्ता नयाँ प्रविधि रहेको बताइएको छ।

सामसङका अनुसार हाल कम्पनीका वासर ड्रायर र सेमी-अटोमेटिक वासिङ मेशिनहरुमा छुट उपलब्ध रहेको छ।

नयाँ प्रविधिका वासिङ मेशिनमा रहेको इको बबल प्रविधिले गाढा दागहरु हटाउनुकासाथै हाइजिन स्टिमले किटाणुहरु मार्ने बताइएको छ।

योजनामा समावेश केही वासिङ मेशिनमा 'एड वास' सुविधा समेत दिएको  छ, जसले मेशिनमा हाल्न छुटेका कपडाहरु धोइरहेकै समयमा थप्न मिल्ने बनाएको बताइएको छ।

सामसङका वासिङ मेशिनहरुमा १ वर्षको पूर्ण वारेन्टी तथा डिआइटी कम्प्रेसरमा १० वर्षको वारेन्टी दिएको बताइएको छ। निश्चित आउटलेटहरुबाट किस्ताबन्दीको सुविधा पनि उपलब्ध गराएको सामसङले जनाएको छ।