वैशाखमा स्थगित भएको क्यान इन्फोटेक माघ १८ देखि २३ सम्म हुने, साढे ३ लाख बढीले अवलोकन गर्ने

बिजमाण्डू
२०७८ मंसिर १९ गते १२:०५ | Dec 5, 2021
वैशाखमा स्थगित भएको क्यान इन्फोटेक माघ १८ देखि २३ सम्म हुने, साढे ३ लाख बढीले अवलोकन गर्ने

काठमाडौं। क्यान इन्फोटेकको २७ औं संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। 

Tata
GBIME
Nepal Life

इन्फोटेकको २७ औं संस्करण गत वैशाख २८ देखि जेठ २ सम्म गर्ने तयारी भएपनि कोभिड-१९ का कारण स्थगित भएको थियो। 

क्यान महासंघले सन् १९९५ देखि क्यान इन्फोटेक गर्दै आएको छ। क्यान इन्फोटेकले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि सम्बन्धी व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाखले अवलोकन गरेकोमा योपटक अझ बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ।