दशैं सकिएसँगै घट्यो सरकारको खर्च रफ्तार, आइतबार कुनै पनि शिर्षकमा भुक्तानी गएन

बिजमाण्डू
२०७८ कात्तिक १ गते १०:१९ | Oct 18, 2021

काठमाडौं। दशैं सकिएसँगै सरकारको खर्च गर्ने रफ्तार पनि घटेको छ। दशैंअघि दैनिक ९ अर्बको दरले खर्च गरिरहेको सरकारले दशैंपछि खर्च रफ्तार घटेको हो। 

Tata
GBIME
Nepal Life

आइतरबार सरकारले कुनैपनि शिर्षकमा भुक्तानी दिएको छैन। ४ दिन सरकारी बिदा र १ दिन शनिबार परेकोले सरकारी खर्चमा कुनैपनि दायित्व सृजना नहुँदा भुक्तानी भएको हो। 

असोज महिनामा मात्रै सरकारले १ खर्ब ४४ अर्बभन्दा धेरै भुक्तानी दिएको थियो। पहिलो त्रैमासको अन्तिम महिना भएकोले सो महिना अधिक खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयको अनुसार चालु वर्षको पहिलो ३ महिनामा सरकारको कुल खर्च २ खर्ब ३४ अर्ब पुगेको छ। 

यसैगरी सबैखाले प्राप्ति भने २ खर्ब ७७ अर्ब पुगेको छ। सरकारले कर राजस्वबाट २ खर्ब २९ अर्ब संकलन गरेको छ। यस्तै गैरकर शिर्षकबाट २६ अर्ब संकलन गरेको छ। यस्तै अन्य शिर्षकबाट २२ अर्ब ८१ करोड संकलन गरेको छ।