न्यादी हाइड्रोले सर्वसाधारणलाई १५ गतेबाट सेयर जारी गर्दै, ६ अर्ब लागतको परियोजना निर्माण गर्दै

बिजमाण्डू
२०७८ असोज ८ गते ०८:५५ | Sep 24, 2021
न्यादी हाइड्रोले सर्वसाधारणलाई १५ गतेबाट सेयर जारी गर्दै, ६ अर्ब लागतको परियोजना निर्माण गर्दै

काठमाडौं। न्यादी हाइड्रोपावर लिमिटेड असोज १५ गतेबाट सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीको सेयरमा असोज १९ गतेसम्म आवेदन दिन सकिन्छ।

Tata
GBIME
Nepal Life

कम्पनीले १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो। यसको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीले पाउने छन्। उनीहरुले ४५ हजार कित्ता पाउने छन्।

यसपछि ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुले पाउने छन्। बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता सेयरमा सर्वसाधारणको दावी हुने छ।

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीले ३० मेगावाट क्षमताको परियोजना बनाइरहेको छ। यसको  अनुमानित लागत ६ अर्ब ११ करोड रुपैयाँ छ।