सीआरआर कायम गर्नेसमेत पैसा हुन छाड्यो बैंकसँग, शुक्रबार पनि चलाए ३०० करोड रुपैयाँ सापटी

बिजमाण्डू
२०७८ असोज १ गते १५:४३ | Sep 17, 2021
सीआरआर कायम गर्नेसमेत पैसा हुन छाड्यो बैंकसँग, शुक्रबार पनि चलाए ३०० करोड रुपैयाँ सापटी

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले साताको अन्तिम दिन पनि राष्ट्र बैंकसँग सापटी चलाएका छन्। तरलता अभावका कारण उनीहरुले ३०० करोड रुपैयाँ सापटी चलाएका हुन्। बिहीबार १० अर्ब ९ करोड ७५ लाख रुपैयाँ सापटी चलाएका थिए।

Tata
GBIME
Nepal Life

बैकहरुले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत स्थायी तरलता सुबिधा चलाएका हुन्। शुक्रबार तरलता अभावका कारण अन्तर बैंक सापटी ४.९७  प्रतिशत पुगेको थियो। बैंकहरुले ३ प्रतिशत अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्न सापटी लिएका हुन्।

बैंकले चालु बर्ष अर्थात पछिल्लो दुई महिनामा एसएलएफ १७२ पटक गरेर ३ खर्ब ५२ अर्ब २९ करोड रुपैयाँ चलाइसकेका छन्। 

असोज लागेपछि ३०० करोड रुपैयाँ चलाएका हुन्। एसएलएफको पाँच प्रतिशत। एसएलएफ सात दिन अवधिको हुन्छ।