मुक्तिनाथले तीन महिने व्यक्तिगत मुद्दती निक्षेपमा १०% ब्याज दिने, संस्थागत नै ९.५%

बिजमाण्डू
२०७८ भदौ ३१ गते २१:१४ | Sep 16, 2021
मुक्तिनाथले तीन महिने व्यक्तिगत मुद्दती निक्षेपमा १०% ब्याज दिने, संस्थागत नै ९.५%

काठमाडौं। मुक्तिनाथ विकास बैंकले बिहीबारदेखि लागु हुने गरि मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत पुर्‍याएको छ। तीन महिनाका लागि १० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ। मासिक ब्याज भुक्तानी हुने गरी निक्षेप राख्न सकिने बैंकले जनाएको छ।

Tata
GBIME
Nepal Life

बैंकले तीन महिना अवधिको संस्थागत मुद्दतीमा समेत  साढे नौ प्रतिशत ब्याज दिने जनाएको छ।

तीन महिना अवधिका लागि वाणिज्य तथा विकास बैंकले असोज महिनाका लागि प्रकाशित गरेको ब्याजदर मध्ये व्यक्तिगत र संस्थागत दुवैमा मुक्तिनाथले दिएको उच्च हो।

बैंकले डिजिटल बैंकिङलाई समेत एग्रेसिभ रुपमा अगाडि बढाएको छ। मुक्तिनाथको एटीएम कार्ड प्रयोग गरेर नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ।