मिर्मिरे लघुवित्तले २० प्रतिशत लाभांश प्रस्ताव गर्‍यो, चुक्ता पुँजी ८ करोड ७० लाख रुपैयाँ बढ्ने

बिजमाण्डू
२०७८ साउन ३१ गते १०:५५ | Aug 15, 2021

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत बर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको छ। कम्पनीले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनी मर्जरका गएकाले लाभांश कर लाग्दैन, त्यसैले लाभांश छुट्याएको छ। कम्पनीको चुक्ता पुँजी ४३ करोड ५० लाख रुपैयाँ छ। यसको ८ करोड ७० लाख रुपैयाँ कम्पनीले बोनस सेयर दिने छ।

राष्ट्र बैंकले लघुवित्तको लाभांशमा कडाइ पनि गरेको छ। २० प्रतिशतभन्दा बढी दिनु परेमा जति बढी हुन्छ त्यसको आधार जगेडा कोषमा राख्नु पर्छ। त्यही भएर कम्पनीले २० प्रतिशत मात्र दिन लागेको हो। कम्पनीले जबकी खुद नाफा २० करोड रुपैयाँ गरेको छ। 

कम्पनीले गत वर्ष ९.६८ प्रतिशत लाभांश दिएको छ। कम्पनीले दुई पटक हकप्रद सेयर जारी गरेको छ।